अन्तर्राष्ट्रिय

दुई वर्षपछि एक जनामा कोरोना संक्रमण

उत्तर कोरियामा एकजनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिएको यहाँको सरकारी समाचार समिति, कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसिएनएले जानकारी दिएको छ।

सो समाचार समितिले यहाँ गएको दुई वर्षपछि पहिलो पटक एक जनामा यो संक्रमण पाइएको जानकरी बिहीबार मात्र दिएको हो। सो समाचार समितिकाअनुसार राजधानी प्योङयाङका केही विरामीहरुमा गरिएको परीक्षणबाट एक जनामा यो संक्रमण पाइएको हो।

यहाँ पाइएको संक्रमण कोभिडको ओमिक्रोन भर्सन भएको पनि पाइएको समाचारमा जनाइएको छ। यो संक्रमण पाइएपछि यहाँको सरकारले यसलाई राष्ट्रिय संकटको अवस्था भनेको पनि सो समाचार समितिले जनाएको छ।

प्रकाशित: २९ वैशाख २०७९ ०७:२३ बिहीबार

उत्तर कोरिया कोरोना भाइरस कोभिड १९