अन्तर्राष्ट्रिय

युक्रेनका राष्ट्रपतिद्वारा रुसविरुद्ध थप नाकाबन्दीका लागि आग्रह

क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रयुडेउ आइतबार युक्रेन पुगेका छन्। प्रधानमन्त्री ट्रयुडेउले आइतबार नै युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीसँग भेटवार्ता पनि गरेको बताइएको छ।  

उनीहरुका बीचमा युक्रेनको पछिल्लो अवस्थाका बारेमा कुराकानी भएको थियो। त्यस अवसरमा क्यानाडाले युक्रेनलाई गर्ने सहायताका बारेमा कुराकानी भएको थियो। त्यसक्रममा युक्रेनका राष्ट्रपति जेलिन्स्किीले रुसका विरुद्धमा थप नाकाबन्दीका लागि आग्रह गरेका थिए।

साथै राष्ट्रपति जेलिन्स्किीले क्यानाडासँग युक्रेनका लागि थप सैन्य तथा अन्या मानवीय सहायता सामग्रीहरुको माग गरेका थिए। त्यस अवसरमा क्यानाडाली प्रधानमन्त्रीले युक्रेनका लागि थप सैन्य सहयोग र अन्य आर्थिक सहायतासम्बन्धी प्याकेजको पनि घोषणा गरेको जनाइएको छ।

प्रकाशित: २६ वैशाख २०७९ ०९:३५ सोमबार

क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रयुडेउ युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किी