अन्तर्राष्ट्रिय

वेपत्ता यूक्रेनी पत्रकार कीभ नजिकै मृत अवस्थामा फेला

यूक्रेनले शनिबार फोटोग्राफर तथा वृत्तचित्र निर्माता मक्स लेविन राजधानी कीभ नजिकै मृत अवस्थामा फेला परेको जनाएको छ। दुई साताअघिदेखि सार्वजनिक रूपमा नदेखिएका उनलाई रुसी सेनाले हत्या गरेको आरोप यूक्रेनी राष्ट्रपतिका सहयोगी आन्दे्र यार्माकले दावी गरेका छन्।

राष्ट्रपति सहयोगी आन्द्रे यार्माकले टेलिग्राममार्फत् जारी विज्ञप्तिमा बताए, 'लेविन कीभ क्षेत्रमा मार्च १३ मा युद्ध क्षेत्रबाट हराएका थिए। उनको शव अप्रिल १ मा गुटा मेझिगिर्स्का गाउँ नजिकै फेला परेको छ।'

टेलिग्रामको वक्तव्यमा भनिएको छ, 'प्रारम्भिक अनुसन्धानबाट सशस्त्र म्याक्सिम लेविनलाई दुईवटा गोली प्रहार गरी रुसी सशस्त्र बलका सैनिकहरूले मारेका भेटिएको छ।' यूक्रेनले केही दिन पहिले नै युद्धको रिपार्टिङ्ग गर्ने शिलशिलामा लेविनलाई रूसी सेनाले ‘कब्जामा लिई बेपत्ता’ बनाएको बताएको थियो।

प्रकाशित: २० चैत्र २०७८ ०२:५७ आइतबार

यूक्रेन यूक्रेनी पत्रकार यूक्रेनी राष्ट्रपति