भारतको कोभिड–१९ संक्रमितको संख्या बिहीबार ४ करोड ३० लाख नाघेको छ। पछिल्लो २४ घण्टामा देशभर २ हजार ५३९ नयाँ संक्रमित थपिएपछि कोरोना कूल संक्रमति ४ करोड ३० लाख एक हजार ४७७ पुगेको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले जनाएको छ।
यसबाहेक बुधबार बिहानसम्म यस महामारीका कारण ६० जनाको ज्यान गएपछि कोरोनाका कारण ज्यान गुमाउने कूल संख्या ५ लाख १६ हजार १३२ पुगेको छ। भारतमा हाल ३० हजार ७९९ कोरोनाका सक्रिय संक्रमित रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ।
पछिल्लो २४ घण्टामा मात्र २ हजार १२ सक्रिय संक्रमित घटेका छन्। कोरोना शुरु भएबाट हालसम्म भारतमा ४ करोड २४ लाख ५४ हजार ५४६ जना सफलतापूर्वक निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। जसमध्ये पछिल्लो २४ घण्टामा ४ हजार ४९१ जना कोरोनाबाट मुक्त भएका छन्।
प्रकाशित: ३ चैत्र २०७८ ०८:२९ बिहीबार