अन्तर्राष्ट्रिय

रुसी सेनाको हमलामा सर्वसाधारणको मृत्यु

युक्रेनमा रुसी सेनाले हमला गर्ने क्रम जारी छ। पछिल्लो हमलामा सर्वसाधारण नागरिक मर्ने क्रम बढ्दो छ। 

राजधानी किभनजिकैको सहर इरपिनमा रुसी सेनाले गरेको फयरिङमा एक महिला र उनका दुई सन्तानको मृत्यु भएको छ।

रुसले किभमा बृहत हमलाको तयारी गर्न लागेको युक्रेनका सुरक्षा अधिकारीहरुले चेतावनी दिएका छन्। 

युक्रेनी शहरहरूमा दशौँ हजार सर्वसाधारण फसिरहेको र त्यहाँ मानवीय संकट गहिरिएको बताइएको छ। यसैबीच, राष्ट्रसंघले युक्रेनबाट १५ लाख मानिस बिस्थापित भएको जनाएको छ। 

प्रकाशित: २३ फाल्गुन २०७८ ०५:४४ सोमबार