अन्तर्राष्ट्रिय

चीनले युक्रेन-रुस वार्तालाई स्वागत गर्दछ, निरन्तरता हुने आशा गर्दछः प्रवक्ता

चीनले युक्रेन संकटको शान्तिपूर्ण समाधानका लागि हुने सबै कूटनीतिक प्रयासहरूलाई सधै समर्थन र प्रोत्साहन गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन्।

रुस र युक्रेनका प्रतिनिधिमण्डलबीच सोमबार बेलारुसको गोमेल क्षेत्रमा भएको वार्ताको जवाफ दिँदै प्रवक्ता वाङ वेनबिनले दैनिक पत्रकार सम्मेलनमा उक्त टिप्पणी गरेका छन्। ‘हामीले नोट गरेका छौं, दुई पक्ष निकट भविष्यमा नयाँ चरणको वार्ता गर्न सहमत भएका छन्’ वाङले भनेका छन्। 

चीनले दुई पक्षले वार्ता र वार्ताको प्रक्रियालाई निरन्तरता दिने र दुवै पक्षको उचित सुरक्षा चासोलाई समेट्ने, युरोपको साझा सुरक्षा र युरोपमा दिगो शान्ति र स्थायित्वका लागि उपयुक्त हुने राजनीतिक समाधान खोज्ने आशा राखेको बताएका छन्। 

प्रकाशित: १७ फाल्गुन २०७८ १०:१९ मंगलबार

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिन