अन्तर्राष्ट्रिय

इन्डोनेसियामा भूकम्पबाट ७ को मृत्यु, ८५ घाइते

शुक्रबार इन्डोनेसियाको पश्चिमी प्रान्तमा आएको भूकम्पमा परी ७ जनाको ज्यान गएको छ। सुमात्रा क्षेत्रमा आएको सो भूकम्पमा परी अरु ८५ जना घाइते भएका थिए। शुक्रबारको भूकम्पले करिब दश हजार जति घरमा क्षति पनि पुर्‍याएको बताइएको छ।

भूकम्प मापनसम्बन्धी एजेन्सीले दिएको जानकारीनुसार यो भूकम्प ६.१ रेक्टर स्केलको रहेको छ। सो क्षेत्रमा पछि पनि पराकम्पनहरु आइरहेकाले नागरिकहरुलाई सुरक्षित भएर बस्न भनिएको छ।

करिब पाँच हजार जना नागरिकलाई घरबाट उद्धार गरेर आश्रयस्थलमा राखिएको छ। प्रारम्भिक रुपमा ३५ ओटा आश्रयस्थलहरु बनाएर राखिएको छ।

क्षतिको पूर्ण विवरण आइपुगेको छैन। प्रारम्भिक रूपमा गरिएको अनुमानमा अरु केही मानिसहरु घाइते भएको अनुमान गरिएको छ। रासस

प्रकाशित: १४ फाल्गुन २०७८ ०८:१४ शनिबार

भूकम्प