अन्तर्राष्ट्रिय

भारतमा ओमिक्रोनः नयाँ दिल्लीमा फेरि कर्फ्यू

कोभिड संक्रमण फेरि बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यू लगाइने भएको छ। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरू बढेपछि राज्य सरकारले आजबाट कर्फ्यू लगाउने भएको हो।

राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाउने भएको छ। भारतमा पछिल्लो २४ घन्टामा ७ हजार जनामा कोभिड संक्रमित भेटिएका छन्। उनीहरूमध्ये ४२२ जनामा नयाँ भेरियन्ट देखिएको छ। नयाँ भेरियन्टका बिरामी र अधिकांश संक्रमित नयाँ दिल्लीमा देखिएका छन्। यसअघि उत्तर प्रदेशमा पनि रात्रिकालीन कर्फ्यू लगाइएको थियो।

नयाँ दिल्लीबाहेक अन्य शहरहरूमा पनि विभिन्न प्रतिबन्ध लगाइएका छन्। अंग्रेजी नयाँ वर्षमा होटल, रेस्टुराँ, सांगीतिक क्लब लगायतका बढी भिडभाड हुने क्षेत्रहरूमा मानिसहरूको चहलपहल बढ्ने भएकाले विभिन्न राज्यमा निषेधाज्ञा र कर्फ्यू लगाइएको छ।

प्रकाशित: १२ पुस २०७८ ०३:१२ सोमबार

निषेधाज्ञा र कर्फ्यू कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन कोभिड संक्रमण