अन्तर्राष्ट्रिय

अष्ट्रेलियाका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। सार्वजनिक सम्पर्कमा रहेका बेला उनी यही मंगलबार सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन्। प्रधानमन्त्री मोरिसन यसअघि गत शुक्रबार सिड्नीमै रहेको एउटा विद्यालयको कार्यक्रममा सहभागी भएका थिए। उनीसँगै देशभरी झण्डै एक हजार नयाँ सङ्क्रमित थपिएका थिए।

प्रधानमन्त्री कोरिसनको कार्यालयले पनि उनलाई सङ्क्रमण भएको पुष्टि गरेको छ। कार्यालयले उनको सम्पर्कमा रहेकाहरुलाई पनि सतर्कता अपनाउन र कोरोना परीक्षण गर्न पनि आह्वान गरेको छ।सिड्नीलगायतका सहरहरुमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएकै बेला प्रधानमन्त्रीलाइ पनि सङ्क्रमण भएको हो।

अष्ट्रेलियामा पछिल्लो एक दिनमा एक हजार ३६० जनामा सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन्। अघिल्लो दिनभन्दा सङ्क्रमितको सङ्ख्या धेरै बढेको हो। अघिल्लो दिन ८०४ जना मात्रै नयाँ सङ्क्रमित थपिएका थिए।

प्रकाशित: २९ मंसिर २०७८ ०७:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App