अन्तर्राष्ट्रिय

इक्वेडरको जेलमा कैदीहरुबीच झडपः ६८ जनाको मृत्यु

इक्वेडरको गाकुइल सहरमा रहेको जेलमा कैदीहरुबीच झडप हुँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ। झडपपछि स्थितिलाई नियन्त्रणमा लिन सयौँको सङ्ख्यामा सेना परिचालन गरिएको छ।

झडपपछि जेलभित्र प्रवेश गरेको प्रहरीले विस्फोटक पदार्थ र बन्दुक फेला पारेको बीबीसीले जनाएको छ। यो वर्षभित्र नै इक्वेडरका जेलमा भएको झडपमा दुई सयभन्दा धेरैको ज्यान गइसकेको छ।

यसअघि गएको फेब्रुअरीमा पनि तीन वटा जेलमा झडप भएको थियो। ती घटनामा कम्तीमा ७९ जनाको ज्यान गएको थियो।

प्रकाशित: २८ कार्तिक २०७८ ०४:३७ आइतबार

कैदीहरुबीच झडप गाकुइल सहर