अन्तर्राष्ट्रिय

इन्डोनेसियामा ६.१ म्याग्नीच्युडको भूकम्प

इन्डोनेसियामा बिहीवार भूकम्प गएको छ। देशको पूर्वी प्रान्त पपुवा बारातमा बिहीबार सवेरै भूकम्प गएको हो। भूकम्प सम्वन्धी निकायले ६.१ म्याग्नीच्युडको भूकम्प गएको जनाएको छ।

ठूलो भूकम्प आएपनि आँधीको खतरा भने नरहेको अधिकारीहरुले जनाएका छन्। त्यसैगरी अहिलेसम्म कुनै क्षतिको विवरण पनि नआएको उनीहरुको भनाई छ। स्थानीय समयानुसार विहिबार बिहान ८:४५ बजेतिर भूकम्प गएको हो।

प्रकाशित: २५ कार्तिक २०७८ ०८:४२ बिहीबार

इन्डोनेसियामा ६.१ म्याग्नीच्युडको भूकम्प