अन्तर्राष्ट्रिय

अनुदानमा पाएको कोरोनाविरुद्धको खोप लिन किन अस्विकार गरे किम जोङले

संयुक्त राष्ट्र संघले उत्तर कोरियालाई कोभ्याक्स सुविधा अन्तर्गत ३० लाख मात्रा कोभिड १९ काे खाेप दिने प्रस्ताव गरेको थियो। तर उत्तर कोरियाका शासक किम जोङ उनले संघको प्रस्ताव अस्विकार गरिदिएका छन्।  

उत्तर कोरियाले खाेप लिन अस्विकार गरेको यो पहिलो घटना भने होइन। यसै वर्षको जुलाई महिनामा पनि उत्तर कोरियाले एस्ट्राजेनिकाको २० लाख कोभिड १९ खाेप लिन अस्विकार गरेको थियो। खोपले शारीरिक रूपमा असर गर्ने भन्दै उत्तर कोरियाले खाेप लिन अस्विकार गर्दै आएको हो।  

उत्तर कोरिया कोभिड १९ बाट संक्रमण हुनेहरूकाे  तथ्यांक भने राखेकाे छैन। उत्तर कोरियाले कोभिड १९ काे संक्रमणबाट जोगिन आफ्नो सीमानाका बन्द गरेको छ। सीमानामा बन्द भएकै कारण चीनबाट हुने आयातमा समेत असर परेको छ।  

संकटका बावजुद पनि कोभिड नियन्त्रणमा अप्नाइएको नियम खुकुलो नबनाउने किम जोङ उनले बताए। यसै साता उत्तर कोरियाले संयुक्त राष्ट्र संघको ३० लाख मात्रा खोप लिन अस्विकार गरेको थियो।  

उत्तर कोरियाका शासक किम जोङ उनले आफ्ना अधिकारिलाई खाद्य आपूर्तिको समस्या समाधान गर्न र जलवायु परिवर्तनको खतरा रेखांकित गर्न निर्देश दिएका छन्। पछिल्लो वर्ष टाइपफूनको अन्नबालीमा नराम्रो असर परेको थियो। यसका साथै हप्तौँको खडेरीपछिको भारी वर्षाका कारण यस वर्ष पनि अन्नबालीमा असर परेको छ।  

किम जोङ उनले असामान्य मौसमका कारण संकटको सामना गर्नुपरेको बताए। उनले अधिकारिलाई वर्षा र खडेरीको सामना गर्न तयार रहन निर्देशन दिए। किमले शुक्रबार बसेको पार्टी पोलिट ब्यूरोको बैठकमा यि कुरा बताएका थिए।

प्रकाशित: १८ भाद्र २०७८ १०:२३ शुक्रबार

संयुक्त राष्ट्र संघ