अन्तर्राष्ट्रिय

तालिबान प्रवक्ता भन्छन्ः महिलालाई अघिल्लो सरकारभन्दा रोजगार र शिक्षामा स्वतन्त्रता हुनेछ

तालिबानका प्रवक्ता सुहैल शाहीनलेले आफ्नो सरकारले महिलाहरुलाई जागिर गर्न र शिक्षा आर्जनमा स्वतन्त्रता दिने बताएको छ। 

बीबीसीसँगको अन्तर्वार्तामा उनले महिलाहरुलाई इज्जत, सम्पति, काम र पढाईको अधिकारबाट बन्चित नगर्ने बताएका छन्। उनले महिलाहरुको इज्जत प्रतिष्ठाको रक्षाप्रति समर्पित रहने बताए।

उनले भने, ‘उनीहरु (महिला)ले डराउनु पर्दैन, हामी उनीहरुको इज्जत, सम्पत्ति, काम एवं शिक्षाको अधिकारको रक्षाका निम्ती समर्पित छौ। यसमा उनीहरुले चिन्ता गनुपर्ने आवश्यकता छैन। उनीहरुलाई काम गर्ने र पढाईका लागि अघिल्लो सरकारको भन्दा राम्रो स्थिति मिल्नेछ।’  

पछिल्ला दिनहरुमा तालिबान अफगानिस्तानको सत्ता नजिक पुग्दै गर्दा संयुक्त राष्ट्र संघ र विश्व समुदायका नेताहरुले महिलाको अधिकारको बारेमा चिन्ता व्यक्त गर्दै आएका थिए।  

पूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेशसँग महिलाको स्थितिका बारे चिन्ता व्यक्त गरेका थिए।

प्रकाशित: ३२ श्रावण २०७८ ११:४३ सोमबार