अन्तर्राष्ट्रिय

अफगान राष्ट्रपति भागेर कहाँ गए?

अफगानिस्तान अहिले पूर्ण रुपमा तालिबानको कब्जामा आइसकेको छ। त्यहाँका राष्ट्रपति अशरफ घानीले देश छोडेको र उपराष्ट्रपति अमीरुल्लाह सालेहले पनि काबुल छाडेको बीबीसी जनाएको छ।  प्रारम्भिक रिपोर्टका अनुसार राष्ट्रपति अशरफ गनी ताजिकिस्तान भागेका छन्। 

अलजजीराको रिपोर्ट अनुसार घानी, उनकी पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार उज्बेकिस्तानको राजधानि ताशकंद गएका छन्। अलजजीराले राष्ट्रपतिका बडिगार्डलाई उद्द्त गर्दै उज्बेकिस्तान गएको भएपनि सरकारले आधिकारीक रुपमा यसको पुष्टि भने गरेको छैन।

यसै, क्रममा राष्ट्रपति घानीले राजधानि छोड्नु कठिन निणर्य भएको बताएका छन्। सामाजिक संजालमार्फत आफ्ना नागरिकलाई सम्बोधन गर्दै उनले भने, ‘आज मैले एक कठिन निणर्य लिनु थियो। सशस्त्र तालिबान जो महल (राष्ट्रपति भवन) मा आउन चहान्थे। उसका अगाडी उभिने वा आफ्नो प्यारो मुलुक जसको विगत २० वर्षदेखी सुरक्षाका लागि जिन्दगी सुम्पे त्यो छोड्ने।’ उनले भने ‘यदि यो समय असंख्य मानिस मर्थे र मैले काबुल नष्ट भएको देख्नुपथ्र्यो, ६० लाख जनसंख्या रहेको यो सहरले ठूलो मात्रामा मानविय क्षति व्यहोर्नु पथ्र्यो।’

प्रकाशित: ३२ श्रावण २०७८ ०६:३३ सोमबार

अफगान राष्ट्रपति भागेर कहाँ गए