अन्तर्राष्ट्रिय

मोदीको घोषणप्रति पाकिस्तानको कडा प्रतिक्रिया

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मुलुकको स्वतन्त्रता दिवसका अवसरमा गरेको एक घोषणाप्रति पाकिस्तानले कडा आलोचना गरेको छ। 

मोदीले शनिबार एक ट्वीट गर्दै मुलुक विभाजनको दुःख मनाउने मानिसको यादमा अगस्त १४ ‘विभाजन विभीषिका स्मृति दिवस’ का रुपमा मनाउने घोषणा गरेका थिए। आइतबार आफ्नो स्वतन्त्रता दिवसका अवसरमा पुनः सोही घोषणा लालकिल्लाबाट पनि राष्ट्रका नाममा सम्बोधन गर्दै माेदीले दोहोर्‍याएका थिए।  

अगस्त १४ मा पाकिस्तानले आफ्नो स्वतन्त्रता दिवस मनाउने गर्छ। पकिस्तानको विदेश मन्त्रालयले यो घोषणा लाजमर्दो बताएको छ। यस्तै अन्य मानिसले पनि यो घोषणाको आलोचना गरेका छन्। कतिपयले भने समर्थन समेत जनाएका छन्।

सम्बोधनका क्रममा मोदीले भने, ‘हामी स्वतन्त्रताको उत्सव मनाउन्छौँ सँगै विभाजनको दुःखले हिन्दुस्तानको छाती चिरिन्छ। यो नै शताब्दीको सबैभन्दा ठूलो त्रास मध्यको एक हो। हिजो मात्रै देशले भावुक निर्णय लियो। अबदेखि १४ अगस्तको विभाजन विभीषिका स्मृति दिवसको रुपमा याद गर्नेछौ।’

मोदीको यो घोषणापछि पाकिस्तानको विदेश मन्त्रालयले एक बयान जारी गर्दै विरोधाभास टिप्पणी गरेको बताएको छ। उसले भन्यो, ‘भारतका प्रधानमन्त्रीले १९४७ को घटनाको बारेमा जुन गरेको ट्वीट गरे, त्यो यही साबित गर्छ कि कोही पनि आधुनिक देश यस्तो विरोधाभास कुरा जारी गर्दैन तथाकथित दुनियाको सबभन्दा ठूलो लोकतन्त्र।’

पाकिस्तानी विदेश मन्त्रालयले एक अर्को ट्वीटमा भन्यो, ‘यो एक लाजमर्दो कुरा हो हिन्दू विचारधार मान्ने, घृणा र हिंशाको बढवा दिने अब पाखंडपूर्ण ढंगले १९४७ मा स्वतन्त्रणका समयमा भारी विस्थापन र त्रासदीपूर्ण घटनालाई एकतर्फी रुपमा उठायौ।’

प्रकाशित: ३१ श्रावण २०७८ १५:०८ आइतबार