अन्तर्राष्ट्रिय

काबुल कब्जा गर्दै तालिबान

अफगानिस्तानको राजधानी काबुल नजिकै तालिबान विद्रोही लडाकू प्रवेश गरेका छन्। समाचार संस्था एएफपीले काबुल नजिकै विद्रोही लडाकू देखिएको जनाएको छ।

शनिबार मात्रै तालिबानले आफगाननिस्तानको मुख्य शहर जलालाबाद संघर्ष विना नै कब्जा गरेको थियो। यो काबुल नजिकैको शहर हो। तालिबानको बयानलाई उद्द्त गर्दै बीबीसीका अनुसार अहिले तालिबानकका नेता अफगान सरकारसँग वार्ता गरिरहेका छन्।  

तालिबानले आफ्ना लडाकुू शहरको बाहिरी इलाकामा पुगेको बीबीसीले जनाएको छ। तालिबानले एक बयान जारी गर्दै भनेको छ, ‘हाम्रा लडाकूहरु शहरका बाहिरी इलाकामा छन्, तर अहिले नै शहर भित्र जादैँनौं। अहिले सरकारसँग सत्ता हस्तान्तरण र सुरक्षाको बारेमा वार्ता भइरहेको छ।’

यता अफगाननिस्तानका राष्ट्रपतिले एक ट्वीट गर्दै राजधानीमा सुरक्षा स्थिति नियन्त्रणमा रहेको आश्वासन दिएका छन्। उनले भने, ‘काबुलमा गोलाबारीका छिटपुट घटना भए तर काबुलमा हमला भने भएको छैन। शहरलाई सुरक्षित राख्न सुरक्षाबल र अन्तर्राष्ट्रिय सहयोगीसँग मिलेर काम गरीरहेका छौ र स्थिति नियन्त्रणमा छ।’

समाचार संस्था एपीका अनुसार तालिबान शक्ति प्रयोग गरेर काबुल कब्जा गर्न चाहँदैन।

प्रकाशित: ३१ श्रावण २०७८ ०९:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App