अन्तर्राष्ट्रिय

पाँच दिनअघि श्रीमती गुमाएका मिल्खा सिंहको निधन

भारतका चर्चित एथलिट मिल्खा सिंहको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ। ९१ वर्षीय सिंहको चण्डीगढस्थित एक अस्पतालमा शुक्रबार राति  निधान भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। गत साता मात्रै कोभिड–१९ संक्रमणबाट उनकी पत्नी निर्मल कौरको पनि निधन भएको थियो।

उनले १९५८ मा उनले एशियन गेम्समा २०० र ४०० मिटरको दौड र १९६२ को सोही गेम्समा फेरि  उनले २  स्वर्ण पदक गरी ४ स्वर्ण जितेका थिए।  उनले सन् १९६० मा पाकिस्तानमा भएको इन्टेरनेशनल एथलिट प्रतियोगितामा भाग लिएका थिए।  धावक मिल्खा त्यति बेलाको प्रख्यात थिए तर जब मिल्खा सिंह त्यहाँ दौडन थाले अब्दुल खालिक समेतलाई पछाडि पारेका थिए। उनले प्रतियोगिता जित्न सफल भए। त्यस बेला पाकिस्तानको राष्ट्रपतिमा फिल्ड  मार्सल अयुब खान रहेका थिए र उनले नै मिल्खा सिंहलाई फलाइंग सिखको नाम दिए र उनी  यही नामले विश्वमा लोकप्रिय छन्।   

सिंहले १९६० मा रोम ओलम्पिकसमा खेलेका थिए। यस खेलमा उनले आफनो नेश्नल रेकर्ड ४५.६ बनाएका थिए। यो पहिलो पटक थियो जब भारतका कुनै एथलिटले ओलम्पिकको फाइनलमा देशको प्रतिनिधित्व गरिरहेका थिए। उनको रेकर्डलाई कुनै खेलाडीले ४० वर्षसम्म छुन सकेको थिएनन्। पछि उनको रेकर्डलाई सन् १९९८ मा परमजीत सिंहले तोडे।  

उनलाई द फलाइंग सिखको नामबाट पनि विश्वभर चर्चित बने। सिंहले पदमश्रीबाट पनि सम्मानिल भएका थिए। एन्डियन आर्मीबाट उनले खेल्न सुरु गरेका थिए।    

मिल्खा सिंहको जीवनीमा आधारित भएर राकेश ओमप्रकाश मेहराको निर्देशनमा ‘भाग मिल्खा भाग’ चलचित्र समेत निर्माण भएको थियो। जसमा अभिनेता फरहान अख्तरले सिंहको अब्बल भूमिका निर्माण गरेका थिए। 

प्रकाशित: ६ असार २०७८ १०:०६ आइतबार