अन्तर्राष्ट्रिय

चीनमा ग्यास विस्फोटनबाट १२ जनाको मृत्यु

चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास विस्फोटनमा परेर कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन्।

स्थानीय अधिकारीहरुका अनुसार घाइतेमध्ये ३९ जनाको अवस्था निकै जटिल रहेको छ। खोज तथा उद्वार अधिकारीहरुले दिउँसो १२ बजेसम्ममा विस्फोट स्थलमा भेटिएका १५० जनाको उद्वार गरी स्थानीय अस्पतालहरुमा भर्ना गरिएको बताएका छन्।  

शियान नगरको झाङवानको आवासीय क्षेत्रमा बिहान ६ः३० बजे उक्त विस्फोट भएको थियो। विस्फोट हुँदा स्थानीयवासीबीच भागदौड मच्चिएको थियो।  

खोज तथा उद्वार कार्य जारी रहेकाले उक्त घटनामा के कति व्यक्ति हताहत भए भन्ने एकीन भइ नसकेको पनि अधिकारीहरुले बताएका छन्।

प्रकाशित: ३० जेष्ठ २०७८ ०८:०७ आइतबार

ग्यास विस्फोटन