अन्तर्राष्ट्रिय

चीनमा बिनाकारण ७३ तल्ले भवन हल्लिएपछि . . .

मंगलबार चीनमा एउटा अनौठो घटना घटेको छ। दक्षिण चीनको सेनजेन शहरमा ७३ तल्ले सि.इ.जी प्लाजा अचानक हल्लेको थियो। त्यस समयमा भूकम्प गएको कुनै पनि रेकर्ड नरहेको त्यहाँको भूगर्भ विभागले जनाएको छ।  

९ सय ८० फिट रहेको सो प्लाजा सन् २००० मा निर्माण भएको थियो। यो अग्लो भवन अचानक हल्लिएपछि त्यहाँको मानिसहरु भागाभाग गरेका थिए। सेनजेन सहरको बीचमा रहेको यो भवनलाई ठूलो सपिङ सेन्टर भनेर चिनिन्छ।  

चीनको अग्लो भवनको सूचीमा यो भवन १०४ औँ स्थानमा रहेको छ। विश्वको अग्लो भवनको सूचीमा भने २ सय १२ औँ स्थानमा रहेको छ। २० वर्ष पूरानो भवन हल्लिएको विषयमा अनुसन्धान भइरहेको एजेन्सीले जनाएको छ।  

मांगलबार घटना भएको केही घन्टामा नै  यस भवनलाई खाली गराइएको थियो। कुनै पनि भवन र मानवीय क्षति भने भएको छैन। यस भवनमा विद्युतीयको बजार पनि लाग्ने गरेको छ। यस भवनको भिडियो भने सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

ऐजेन्सीको सहयोगमा

प्रकाशित: ५ जेष्ठ २०७८ ०९:४६ बुधबार

अमेरिका-चीन भवन