अन्तर्राष्ट्रिय

भारतीय कार्यक्रम 'दंगल' का उद्घोषक रोहित सरदानाको मृत्यु

भारतीय प्रसिद्ध टेलिभिजन उद्घोषक रोहित सरदानाको शुक्रबार निधन भएको छ। झण्डै एक साताअघि कोभिड १९ बाट संक्रमित भएका उनको हृदयघातबाट मृत्यु भएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन्।  

सरदानाको असामयिक मृत्युले भारतीय सन्चार माध्यमलाई ठूलो आघात तुल्याएको बताइएको छ। सरदाना भारतीय न्यूजच्यानल आजतकका लागि बहस कार्यक्रम 'दंगल'को होस्टको रुपमा काम गरिरहेका थिए।  

यसअघि उनी अर्को भारतीय न्यूजच्यानल जीन्यूजको लोकप्रिय बहस कार्यक्रम 'ताल ठोक' को होस्ट गर्थे। उनले पहिले ईटिभी नेटवर्क र आकाशवाणीसँग पनि काम गरिसकेका थिए।

उनको ४१ वर्षको उमेरमा मृत्यु भएको हो।

प्रकाशित: १७ वैशाख २०७८ ०८:५८ शुक्रबार

रोहित सरदानाको मृत्यु