अन्तर्राष्ट्रिय

भारतमा एकैदिन १ लाख ३१ हजारमा कोरोना संक्रमण

भारतमा शुक्रवार १ लाख ३१ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतका विभिन्न राज्य कोरोना संक्रमण रोक्न संघर्षरत छन्। संक्रमण दर बढ्दै गएपछि खोप अभाव भएको छ।  

पहिलो चरणमा भन्दा व्यापक रूपमा यसपटक महामारी फैलिएपछि सरकारी अधिकारी आश्चर्यमा परेका छन्। उनीहरूले मास्क लगाउन गरेको हेलचेक्र्याइँका कारण यसरी महामारीले उग्र रूप लिएको दाबी गरेका छन्।  

२४ घण्टाको अवधिमा नयाँ संक्रमितको यो संख्या कोरोना महामारी सुरु भएयताकै सबैभन्दा धेरै रहेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन्। यसैगरी त्यहाँ गत २४ घण्टाको अवधिमा ७ सय ८० जनाको मृत्यु भएको छ।

प्रकाशित: २७ चैत्र २०७७ ०५:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App