अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाविरुद्धको खोप

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको एम्स अस्पतालमा कोरोना भाइरसको पहिलो खोप लगाएका छन्। प्रधानमन्त्रीले मोदीले आफूले खोप लगाएको जानकारी सामाजिक सञ्जाल ट्वीटरमार्फत दिएका हुन्।

उनले ट्वीट गर्दै भनेका छन्, 'मैले पहिलो पटक कोभिड १९ को खोप एम्स आस्पतालमा खोप लगाएँ। यो उल्लेखनीय छ कि कसरी हाम्रा डाक्टर र वैज्ञानिकहरूले कोरोना महामारीविरुद्ध विश्वव्यापी लडाईलाई मद्दत गर्नका लागि काम गरेका छन्। म सबैलाई अपील गर्दछु जो खोप लिन योग्य छन्, आऊनुहोस् हामी मिलेर भारतलाई कोरोनामुक्त बनाऔं।'  

प्रधानमन्त्री मोदीले भारत बायोटेकको 'कोभ्याक्सिन' खोप लगाएका हुन्। कोभ्याक्सिन नामको यो खोप भारतकाे बायोटेक कम्लेपनीले भारतीय चिकित्सा अनुसन्धान परिषद र नेशनल ईन्स्टिच्युट अफ भाइरोलजीको सहयोगमा उत्पादन गरेको हो।

प्रकाशित: १७ फाल्गुन २०७७ ०६:०५ सोमबार

नरेन्द्र मोदी भारतका प्रधानमन्त्री कोरोनाविरुद्धको पहिलाे खोप 'कोभ्याक्सिन'