अन्तर्राष्ट्रिय

भारतका धेरै राज्यहरूमा भूकम्पको धक्का

भारतको उत्तर प्रदेशमा शुक्रवार राती भूकम्प गएको छ। भूकम्प दिल्ली एनसीआर, पंजाब, राजस्थान, उत्तराखंड र जम्मू कश्मीरमा महसूस गरिएको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन्।

नेशनल सेन्टर फर सिस्मोलोजी (एनसीएस) का अनुसार ताजिकिस्तानमा भूकम्पको केन्द्रबिन्दु बनाएर राती करिब साढे १० बजे  ६.३ स्केलको भूकम्प गएको थियो। यसको प्रभाव भारतका धेरै राज्यहरूमा पनि महसुस गरिएको थियो।  

यद्यपि यस भन्दा पहिले एनसीएसले भारतको अमृतसरमा भूकम्पको केन्द्रबिन्दु रहेको रिपोर्ट गरेको थियो। तर यो जानकारी पछि हटाइएको थियो।

प्रकाशित: १ फाल्गुन २०७७ ०२:२५ शनिबार

भूकम्पको धक्का