मानव शरीरका धेरै प्रकारको अनुसन्धान वर्षौंदेखि भइरहेको छ। धेरै स्तब्ध पार्ने कुराहरू पनि बाहिर आएका छन्। हालै गरिएको एउटा अनुसन्धानले देखाएको छ कि मानव शरीरको तापक्रम बिस्तारै कम हुँदैछ जुन चिन्ताको विषय हो।
पछिल्ला १ सय ७० वर्षमा मानव शरीरको औसत तापक्रम १.१ फारेनहाइटले घटेको छ। यस तथ्यको कारण वैज्ञानिकले आफ्नो अनुसन्धानमा पत्ता लगाए कि औसतमा प्रत्येक दशकमा ०.०३ डिग्री सेल्सियसतापक्रम कम भएको पाइएको छ। यसै विषयमा यसले हाम्रो स्वास्थ्यलाई कसरी असर पार्दछ भन्ने विवरणहरू भने खुलाइएको छैन।
करिब १७० वर्ष अगाडि १८५१ मा हाम्रो शरीरको औसत तापक्रम ९८.६ फारेनहाइट थियो जुन अहिले बिस्तारै घट्दै गइरहेको छ।शरीरको औसत तापक्रम अब ९८.६ फरेनहाइटबाट घटेर ९७.५ मा पुगेको छ। जसबाट वैज्ञानिकहरू पनि अचम्मित बनेका छन्।
मानव शरीरको तापक्रम घटेको सम्बन्धमा स्ट्यानफोर्ड विश्वविद्यालयले अनुसन्धान गरेको हो। यद्यपि वैज्ञानिकहरूले अझै पनि अनुसन्धान गरिरहेको छ कि कसरी शरीरको तापक्रमले स्वास्थ्यलाई असर गर्दछ। वर्तमानमा यस बारे कुनै विवरण उपलब्ध छैन।
स्ट्यानफोर्ड विश्वविद्यालयका मेडिसिन की प्रोफेसर जूली पर्सोनेटका अनुसार अनुसन्धानका लागि तीन प्रकारका डाटाबेस अध्ययन गरिएको थियो। एरिजोना विश्वविद्यालयको अनुसन्धानले पत्ता लगाए अनुसार सास फेर्ने र श्वास छोड्ने केही खास तरिकाहरूले शरीरलाई आराम दिन सक्छन्।
प्रकाशित: २९ माघ २०७७ ०३:०८ बिहीबार