अन्तर्राष्ट्रिय

विश्वभरी कोरोनाबाट सङ्क्रमितको सङ्ख्या १७ प्रतिशतले कमी

कोरोनाभाइरसबाट विश्वभरी सङ्क्रमित भएकाहरुको सङ्ख्यामा १७ प्रतिशतले कमी आएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले दिएको जानकारीअनुसार पछिल्लो हप्ताको विवरणमा सङ्क्रमितको सङ्ख्या घट्दै गएको देखिएको हो।

पछिल्लो हप्तामा ३१ लाख नयाँ सङ्क्रमित भेटिएको डब्लूएचओले जनाएको विवरण सीएनएनले सार्वजनिक गरेको छ। यो सङ्ख्या अघिल्लो हप्ताको तुलनामा १७ प्रतिशत कम भएको उनीहरुको भनाइ छ।

झण्डै १५ हप्ता अगाडि गत अक्टोबरपछिको सबैभन्दा कम सङ्क्रमित अहिले नै भएको तथ्याङ्कमा उल्लेख छ। अमेरिकी तथा युरोपेली मुलुकसँगै अफ्रिकी मुलुकहरुमा पनि सङ्क्रमितहरुको सङ्ख्यामा कमी हुँदै गएको डब्लूएचओले जनाएको छ।  

त्यसैगरी पछिल्लो एक हप्तामा विश्वभरी ८८ हजारभन्दा बढीको मृत्यु भएको छ। यो सङ्ख्या पनि अघिल्लो हप्ताको तुलनामा १० प्रतिशत कम हो। 

प्रकाशित: २९ माघ २०७७ ०२:१५ बिहीबार

कोरोना