अन्तर्राष्ट्रिय

सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै अमेरिकी संसद् भवन क्षेत्रमा कडा लकडाउन

सांकेतिक तस्वीर। फोटोः एजेन्सी

अमेरिकाकाे वासिङ्टनमा रहेकाे अमेरिकी संसद भवन क्यापिटाेल क्षेत्रमा कडा खालकाे लकडाउन लगाइएकाे छ। नव निर्वाचित राष्ट्रपति जाे बाइडेन राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा प्रवेश गर्न दुई दिन बाँकी रहेकाबेला सम्भावित सुरक्षा चुनाैतिलाई मध्यनजर गर्दै क्यापिटाेल क्षेत्रमा कडा खालकाे लकडाउन लगाइएकाे अन्तराष्ट्रिय सञ्चामाध्यमले जनाएका छन्।

यही जनवरी ६ मा राष्ट्रपति डाेनाल्ड ट्रम्पका समथर्कले अमेरिकी संसद भवन क्यापिटाेलमा आक्रमण गर्दा ५ जनाको मृत्यु भएको थियो।  

सुरक्षा व्यवस्थालाई बलियो बनाउन हजारौं सुरक्षाकर्मीको परिचालन गरिएको बीबीसीले जनाएको छ।

प्रकाशित: ५ माघ २०७७ १६:१६ सोमबार

अमेरिका