अन्तर्राष्ट्रिय

दिल्ली पछि महाराष्ट्रमा पनि कोरोना खोप लगाएकाको स्वास्थ्य अवस्था बिग्रियो

भारतमा शनिबार कोरोना भाइरसका खोप लगाएका करिब ६६ जनाको स्वास्थ्य अवस्था बिग्रिएको पाइएको छ। खोप अभियानको पहिलो दिनमानै दिल्लीमा ५२ र महाराष्ट्रमा १४ जनाको स्वास्थ्यमा समस्या देखिएको हो।  खोपले एक जना भने अझै गम्भीर अवस्थामा रहेका छन्।

सरकारी तथ्यांक अनुसार दिल्लीका ११ जिल्लामा खोप अभियानको पहिलो दिनमा आठ हजार १ सय १७ जना स्वास्थ्यकर्मीलाई खोप लगाउने लक्ष्य थियो। जसमा जम्मा ४ हजार ३ सय १९ जनालाई खोप लगाईएको थियो। तर ती मध्ये ५२ जनालाई खोपको साइडइफेक्ट देखिएको हो। आधिकारीक तथ्यांक अनुसार दक्षिण भारतबाट पनि स्वास्थ्यमा समस्या भएको पाइएको छ।  

इन्डियन एक्सप्रेसको रिपोर्टका अनुसार पश्चिम बंगालमा करिब १५ हजार ७०७ स्वास्थ्यकर्मीलाई खोप दिइएको थियो। तीमध्ये एक जनाको स्वास्थ्य बढी खराब भएको थियो। उनलाई उपचार गर्न एक मेडिकल कलेजमा भर्ना गरिएको र उनको अवस्था स्थिर रहेको बताइएको छ। अधिकारीहरुले हाल उक्त केसहरु अध्ययन गरिरहेको बताएका छन्।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार खोप लगाएपछि प्रतिकूल स्वास्थ्य प्रभावको केसलाई एईएफआईुको रूपमा वर्गीकृत गरिएको छ, जुन खोपको प्रयोगसँग सम्बन्धित छैन। भारत सरकारका अनुसार पहिले एक करोड स्वास्थ्यकर्मी, करिब दुई करोड कर्मचारी र त्यसपछि ५० बर्ष भन्दा माथि उमेरकालाई खोप दिइनेछ। पछिल्लो चरणमा ५० बर्ष भन्दा कम उमेरका व्यक्तिहरू गम्भीर बिरामीलाई मात्र खोप दिइनेछ।  

भारतमा अनुमोदित भएका दुई खोपहरू मध्ये, भारत बायोटेक र कोकेनको बारेमा केही शंका उत्पन्न हुन थालेको छ। यसले पार्ने प्रभाव भने अझै सार्वजनिक गरिएको छैन।

प्रकाशित: ५ माघ २०७७ ०२:४६ सोमबार