अन्तर्राष्ट्रिय

ट्रम्पलाई दोस्रोपटक महाअभियोगः तल्लो सदनमा पारित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध महाअभियोग प्रस्ताव अमेरिकी संसदको तल्लो सदन प्रतिनिधि सभामा पारित गरिएको छ। अब हाउसको माथिल्लो सदन सिनेटमा ती आरोपहरूमा मुद्दा चलाइनेछ।

गत हप्ता (६ जनवरी) मा ट्रम्पमाथि अमेरिकी समर्थक संसद परिसर क्यापिटल हिलमा आक्रमण गर्न आफ्ना समर्थकहरूलाई उक्साएको आरोप लगाइएको थियो। जसलाई सदनमा १९७ विरुद्ध २३२ भोटले पारित गरिएको थियो। रिपब्लिकनका १० सांसदहरूले महाअभियोग प्रस्तावलाई समर्थन गरेका थिए।

जनवरी ६ मा भएको हिंसामा पुलिस अधिकारीसमेत गरेर पाँचजना मारिएका थिए।

ट्रम्प अमेरिकाको इतिहासमा पहिलो राष्ट्रपति बन्न पुगेका छन्, जसका विरूद्ध एकै अवधिमा दुई पटक महाअभियोग प्रस्ताव पारित गरिएको थियो।

डिसेम्बर २०१९ मा पनि ट्रमजिरुद्ध महाअभियोग लगाइएको थियो। किनभने उनले युक्रेनलाई बाइडेनको छानबिन गर्न आग्रह गर्दै कानून तोडेका थिए। तर सिनेटले उनलाई आरोपबाट मुक्त गरेको थियो। त्यसबेला कुनै रिपब्लिकन सांसदले ट्रम्पको विरूद्ध मतदान पनि गरेका थिएनन्।

प्रकाशित: १ माघ २०७७ ०२:२५ बिहीबार