अन्तर्राष्ट्रिय

युट्युबले पनि लगायो ट्रम्पको च्यानलमा प्रतिबन्ध

युट्युबले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको च्यानलमा प्रतिबन्ध लगाएको छ। ट्रम्पले आफ्नो कम्पनीका नीतिहरू उल्लंघन गरेको उल्लेख गर्दै युट्युबले ट्रम्पको च्यानलमा पोष्ट भएका नयाँ भिडिओहरू हटाएको छ भने कम्तिमा सात दिन नयाँ भिडिओ पोष्ट गर्न नपाउने गरी उनीमाथि प्रतिबन्ध लगाएको छ।  

यद्यपि युट्यूबले ट्रम्पमा लिएको निर्णयको बारेमा थप विवरण भने प्रदान गर्न सकेन। प्रतिबन्ध लगाएको एक हप्तापछि सदाको लागि बन्द हुन्छ वा खोलिनेछ भन्ने बारे जानकारी प्राप्त गर्न सकिने बताइएको छ।  

स्मरण रहोस्, युट्यूबले मात्र होइन यसअघि दुई सामाजिक सञ्जाल ट्वीटर र फेसबुकले ट्रम्पका खाता बन्द गरिदिएका थिए।  

युट्युबमा ट्रम्पको च्यानलमा २७ लाख सब्स्क्राइब्स रहेकाे छ। 

प्रकाशित: २९ पुस २०७७ ०६:१४ बुधबार