अन्तर्राष्ट्रिय

नयाँ कोरोनाले निकै दुःख दिन थालेपछि बेलायतमा आजदेखि फेरि देशव्यापी लकडाउन

नयाँ किसिमको कोरोना व्यापक मात्रामा फैलिन थालेपछि बेलायतमा फेरि देशव्यापी लकडाउन गरिएको छ।  

कोरानाको परिवर्तित प्रजातिको संक्रमण तीव्र बनेपछि बेलायत सरकारले सोमबारदेखि देशभर पुनः लकडाउन घोषणा गरेको हो।  

सोमबार टेलिभिजनमार्फत बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले  लकडाउन फेब्रुअरी १५ सम्म जारी रहने जानकारी दिएका छन्।  

पछिल्लो २४ घण्टामा मात्रै बेलायतमा ५८ हजारभन्दा बढी व्यक्तिमा नयाँ किसिमको कोरोना संक्रमण पुष्टि भएको छ।

सुरुमा बेलायतमै विकास भएको कोरोनाको नयाँ प्रजाति अहिले भारतसहित विश्वका धेरै मुलुकमा फैलिइसकेको छ। 

प्रकाशित: २१ पुस २०७७ ०९:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App