अन्तर्राष्ट्रिय

भारतीय पूर्व मन्त्री बुटा सिंहको निधन

भारतीय कांग्रेसका वरिष्ठ नेता तथा भारतका पूर्व मन्त्री बुटा सिंहको ८६ वर्षको उमेरमा निधन भएको छ। मस्तिष्क रक्तस्रावका कारण गत वर्षको अक्टुबरदेखि एम्स अस्पतालमा कोमामा रहेका पूर्व मन्त्री सिंहको शनिबार बिहान निधन भएको हो।  

उनका छोरा अर्विन्दर सिंहले आफ्ना पिताको निधन भएको पुष्टि गरेका छन्।  

उनको निधनमा प्रधानममन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धी लगायत शीर्ष नेताहरुले दुःख व्यक्त गरेका छन्।  

उनी विख्याद दलित नेताका रूपमा चिन्थिे। सन् १९८६ देखि १९८९ सम्म राजिव गान्धी नेतृत्वको सरकारमा मन्त्री बनेका थिए। उनले सन् १९६० को दशकदेखि कांग्रेसबाट राजनीति सुरू गरेका थिए। उनी पहिलोपटक सन् १९६२ को लोकसभा चुनावमा निवार्चित बनेका थिए। उनले पञ्जाबी साहित्यसँगै सिख इतिहासका थुप्रै लेखहरु लेखेका छन्। 

प्रकाशित: १८ पुस २०७७ ०७:२० शनिबार

भारतीय कांग्रेस बुटा सिंह