अन्तर्राष्ट्रिय

पन्जाबमा जब छोरीले आफ्नै आमाका प्रेमीसँग यौन सम्बन्ध राख्न थालिन्...

प्रतिकात्मक तस्बिर

पन्जाबमा आफ्ना प्रेमी खोसेको भन्दै आमाले छोरीको हत्या गरेकी छन्।  

स्थानीय सञ्चारमाध्यमका अनुसार पतिको मृत्यु भइसकेकी ती महिलाले आफ्ना प्रेमीसँग छोरीले पनि यौन सम्बन्ध राखेको देखेपछि हत्या गरेकी हुन्।  

अबोहर निवासी मञ्जु नामकी ती महिलाले फेसबुकमा कुराकानी गर्दागर्दै निकटता बढेपछि आफूभन्दा आधा उमेर कमका विजय भन्ने युवकलाई घरमै ल्याएर रोखकी थिइन्। साउदीमा काम गर्ने गरेका ती युवकसँग मञ्जको सन् २०१५ मा फेसबुकमा चिनजान भएको थियो। दुई वर्षपछि ती युवक घर फर्किए र मञ्जुका पनि श्रीमान् बितिसकेकाले दुवै जना सँगै बस्न थाले।  

तर बिस्तारै मञ्‍जुकी छोरी १७ वर्षीया दीक्षाले पनि आफ्ना उमेरका विजयलाई मन पराउन थालिन्। र, ऊसँग लुकीछिपी यौन सम्बन्ध राख्न थालिन्। यो कुरा केही समयसम्म मञ्जुलाई थाहा भएन।  

तर एकदिन ​बजारबाट घर आउँदा उनले आफ्ना प्रेमी विजय र आफ्नी छोरीलाई ओछ्यानमा सँगै फेला पारिन्। उनलाई असह्य भयो र छोरीको हत्या गर्ने सोच बनाइन्।  

यसै क्रममा उनले गत नोभेम्बर २७ मा छोरीलाई मारिन् र डोरीमा झुन्ड्याएर छोरीले आत्महत्या गरिन् भन्दै आफैंले प्रहरीलाई खबर गरिन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार दीक्षाको शव पंखामा झुन्डिएको अवस्थामा फेला पार्यो।  

तर अन्ततः प्रहरीले दीक्षाले आत्महत्या गरेको नभई उनकी आमाले नै हत्या गरेको पत्ता लगायो र मञ्जुलाई पक्राउ गर्यो।  

प्रहरीसँग बयानका क्रममा मञ्जुले छोरीले आफ्ना प्रेमी खोसेकाले सहन नसकेर हत्या गरेको बताएकी हुन्।

प्रकाशित: १२ पुस २०७७ ०८:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App