अन्तर्राष्ट्रिय

चीन र पाकिस्तानविरुद्ध भारतले गर्‍याे युद्ध तयारी

यो तस्बिर गत जुलाई १७ तारिखको हो। भारतका रक्षामन्त्री लद्दाख पुगेर भनेका थिए- संसारका कुनै पनि शक्तिले हाम्रो एक इन्च जमिन छुन सक्दैन। तस्बिर : दैनिक भास्कर

सीमामा चीनसँग तनाव भइरहेका बेला भारतले ठूलो कदम चालेको छ। भारत सरकारले आफ्ना सेनालाई १५ दिन युद्ध गर्न पुग्ने गोला-बारुद र हतियार संकलनको अनुमति दिएको हो। अहिलेसम्म सेनाले १० दिनलाई युद्ध गर्न पुग्ने गरी हतियार जम्मा गर्ने गरेका थिए।  

पूर्वी लद्दाखस्थित वास्तविक नियन्त्रण रेखा (एलएसी) को अवस्था देखेर गरिएको यो निर्णय महत्वपूर्ण मानिएको छ। 

यसले भारतीय सेनालाई आवश्यकताअनुसार स्टक र आपतकालीन वित्तीय शक्ति प्रयोग गर्न मद्दत पुग्नेछ। देशमा मात्र होइन, विदेशबाट पनि ५० हजार करोड रुपैयाँको हतियार खरिद गर्ने भारतको योजना छ।

चीन र पाकिस्तान दुवैको सामना गर्ने तयारी

भारतीय सरकारका स्रोतले दुश्मनसँग लड्न १५ दिनलाई पुग्ने हतियार संकलन गरिएको जनाएका छन्। यसको उद्देश्य पाकिस्तान र चीन दुवैविरुद्ध लड्न सक्ने गरी सेनालाई तयार पार्नु रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।   

प्रकाशित: २८ मंसिर २०७७ १०:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App