अन्तर्राष्ट्रिय

विश्व स्वास्थ्य संगठनका महानिर्देशकद्वारा बाइडेनलाई बधाई, सँगै काम गर्न इच्छुक रहेको भनाई

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन्। उनले आइतबार ट्वीट गरेर उनहरुलाई बधाई ज्ञापन गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्।

साथै उनले सो बधाईसँगै आफू पनि उनीहरुसँग काम गर्न इच्छुक रहेको बताएका छन्। उनले ट्वीटमा भनेका छन्– ‘अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिमा विजयी हुनुभएकोमा तपाईँहरुलाई बधाई छ, म पनि यहाँहरु र यहाँको टिमसँग मिलेर काम गर्न इच्छुक छु।’

संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनबाट निस्किने निर्णय गरेको थियो। यसप्रति उक्त संगठनले पनि विगतमा दुःख व्यक्त गरेको हो। महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले सो ट्वीटमा अमेरिकाले विश्व स्वास्थ्य संगठनमा पुनः फर्किन आग्रह पनि गरेका छन्।

आइतबार मात्र एक अमेरिकी दैनिक पत्रिकाले नवनियुक्त राष्ट्रपति जो बाइडेनले आफूले राष्ट्रपतिको सपथ लिएपछि विश्व स्वास्थ्य संगठनमा अमेरिका पुनः फर्किने बारेमा निर्णय गर्न सक्ने अनुमान गरेर समाचार लेखेको थियो।

त्यस लगत्तै यता विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिदै सो प्रसंग उल्लेख गरेका छन्।
रासस

प्रकाशित: २४ कार्तिक २०७७ ०७:२८ सोमबार

विश्व स्वास्थ्य संगठन जो बाइडेन