अन्तर्राष्ट्रिय

बाइडेनको दाबी : आवश्यकभन्दा धेरै भोट ल्याएर म चुनाव जित्छु

बाइडेन

अमेरिकाको राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले आफूले ३ सयभन्दा बढी इलेक्टोरल कलेज भोट ल्याएर चुनाव जित्ने दाबी गरेका छन्।

जारी मत गणनामा प्रतिद्वन्दी डोनाल्ड ट्रम्पलाई पछाडि पारिरहेका बाइडेनले राष्ट्रपति पद जित्न २७० इलेक्टोरल भोट आवश्यकता पर्नेमा आफूले त्योभन्दा पनि धेरै ल्याएर विजय हासिल गर्ने दाबी गरेका हुन्।  

बिबिसीका अनुसार डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बाइडेनले शनिबार बिहान गृह राज्य डेलावेरबाट टेलिभिजनमा सम्बोधन गर्दै भने, ‘जितको अन्तिम नतिजा घोषणा भएको छैन तर हामी अगाडि छौं र  जित्नेछौं।’

यो पनि पढ्नुहोस्

बाइडेनले पाए अमेरिकाको इतिहासमै सबैभन्दा बढी मत

प्रकाशित: २२ कार्तिक २०७७ ०७:०१ शनिबार

अमेरिका बाइडेन