अन्तर्राष्ट्रिय

अमेरिकाकाे चुनाव : ट्रम्पभन्दा बाइडेन अगाडि, यस्तो छ अहिलेसम्मको मत परिणाम

अमेरिकामा अहिले राष्ट्रपतीय निर्वाचनको मत परिणाम धमाधम आउने क्रम जारी छ।  

उम्मेद्वारद्वय वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो बाइडेनबीच कडा टक्कर परिरहेको छ।  

अमेरिकी सञ्चारमाध्यमका अनुसार अहिलेसम्मको मत परिणामअनुसार डेमोक्रेट पार्टीका बाइडेन अगाडि देखिएका छन्। तर रिपब्लिकन पार्टीका ट्रम्पले उनीसँगको अन्तर कम गर्दै लगेका छन्।  

सिएनएनका अनुसार ट्रम्पले २९ इलेक्टोरल मत रहेको फ्लोरिडा र ६ इलेक्टोरल मत रहेको आयोवा राज्यमा जित्ने प्रक्षेपण गरिएको छ। योसँगै उनको इलेक्टोरल मत संख्या १७१ पुग्नेछ भने बाइडेनले २१५ इलेक्टोरल मत हासिल गरिसकेका छन्। 

राष्ट्रपतिमा विजयी हुन यस्ता २ सय ७० मत आवश्यक पर्छ।  

प्रकाशित: १९ कार्तिक २०७७ ०६:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App