अन्तर्राष्ट्रिय

लद्दाखमा खटिएका सेनाका लागि भारतले अमेरिकाबाट मगायो विशेष कपडा

लद्दाखमा चीनसँगको सीमामा खटिएका सेनाका लागि भारतिय सेनाले अमेरिकाबाट विशेष कपडा मगाएको छ। लद्दाखमा अहिले धेरै नै जाडो भएको र आउने महिनामा अझै जाडो बढ्ने भएकोले त्याहाँ खटिएका सेनाको लागि कपडा मगाइएको भारतिय सेनाले जनाएको छ।  

अमेरिकाबाट पहिलो चरणमा अत्याधिक चिसोबाट बच्ने कपडा आइपुगेको सेनाले बताएको छ।

समाचार एजेन्सी एएनआईका अनुसार भिषण चिसोबाट बच्न अमेरिकाको तर्फबाट पहिलो चरणमा विशेष कपडा आइपुगेको छ भने अन्य आउने क्रममा छ।

सुत्रका अनुसार भारतिय सेना भिषण चिसोबाट बच्न ६० हजार सैनिकका लागि विशेष कपडा स्टक राख्दछ तर चीनसँगको सीमा विवादका कारण थप सैनिक परिचालन गर्नु परेकाले उनीहरुलाई थप कपडा चहिएको हो।  

गएको मे महिनादेखि भारत र चीनबीच सीमा विवादका कारण दुवै देशका सेनाहरूबीच मुडभेड भएको छ। साथै भारतले उक्त क्षेत्रमा ६० हजारभन्दा बढी सेना परिचालन गरेको छ।

अत्याधिक हिमपात हुने उक्त क्षेत्रमा सेनालाई चौवीसै घण्टा तैनाथ गर्नका लागि भारतले अमेरिकाबाट चिसोबाट बच्ने विशेष कपडा मगाएको हो।

प्रकाशित: १९ कार्तिक २०७७ ०२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App