अन्तर्राष्ट्रिय

आफ्नो सीमामा आएको भन्दै भारतले समात्याे चिनियाँ सैनिक

फाइल तस्बिर : लद्दाख क्षेत्र

भारत र चीनबीच सीमा विवाद भइरहेका बेला लद्दाखको चुमर-डेमचोक क्षेत्रबाट भारतीय सैनिकले एक चिनियाँ सैनिकलाई नियन्त्रणमा लिएका छन्।  

स्रोतले समाचार एजेन्सीलाई बताएअनुसार ती चिनियाँ सैनिक भूलवश भारतीय सिमानामा प्रवेश गरेको हुन सक्छ।  

भारतीय सेनाले चिनियाँ सैनिक संगठन पिपुल्स लिवरेसन आर्मी (पिएलए) ले पक्राउ परेका सैनिकबारे जानकारी दिन आग्रह गरेको छ।  

प्रोटोकलअनुसार ती सैनिकलाई चुसुलमा चिनियाँ सेनाको जिम्मा लगाइने भारतीय पत्रिका दैनिक भास्करले जनाएकाे छ। 

गत जुन १५ मा सीमा क्षेत्र पूर्वी लद्दाखको गलवान उपत्यकामा दुई देशका सैनिकबीच झडप भएयता भारत र चीनबीच तनाव छ। झडपमा २० भारतीय सैनिक मारिएका थिए। तर चीनतर्फको क्षति अहिलेसम्म सार्वजनिक भएको छैन।  

प्रकाशित: ३ कार्तिक २०७७ ११:३९ सोमबार

चीन-भारत