अन्तर्राष्ट्रिय

लद्दाख झडपयता भारत-चीन सम्बन्ध उथलपुथल : जयशंकर

जयशंकर

भारतले चीन र आफूबीचको निकै नराम्रोसँग बिग्रिएको बताएको छ।  

भारतका विदेशमन्त्री एस जयशंकरले सीमा क्षेत्र पूर्वी लद्दाखमा दुई देशका सेनाबीच हिंस्रक झडप भएयता आपसी सम्बन्धमा उथलपुथल आएको बताएका हुन्।  

भारतको अंग्रेजी अखबबार इन्डियन एक्सप्रेसका अनुसार विदेशमन्त्री जयशंकरले शुक्रबार विशेष साक्षात्कारमा भनेका छन्, ‘पूर्वी लद्दाखमा भइरहेको विवादले निकै गहिरो सार्वजिनक र राजनीतिक प्रभाव पारेको छ र यसले दुई देशको सम्बन्धमा गम्भीर अवस्था सिर्जना गरेको छ।’

एसिया सोसाइटीद्वारा आयोजित डिजिटल कार्यक्रमलाई सम्बोधन गर्दै उनले गत जुन १५ मा लद्दाखस्थित गलवान उपत्यकामा दुई देशका सेनाबीच भएको झडपयता भारत–चीन सम्बन्ध बिग्रिएको बताएका हुन्।  

उक्त झडपमा भारतका २० सैनिक मारिएका थिए भने चीनतर्फ कति मारिए वा मारिएनन् अहिलेसम्म आधिकारिक जानकारी दिइएको छैन। त्यसपछि दुई देशका सेनाबीच कैयौं पटक वार्ता भए तर सीमा विवाद समाधान भएको छैन।  

त्यसयता पनि दुई देशका सेनाबीच पूर्वी लद्दाखमा फायरिङ भएका छन्। 

यो पनि पढ्नुहोस्

भारतसँग विवाद भइरहेका बेला चीनका राष्ट्रपति सीले सेनालाई भने: युद्धका लागि उच्च तयारी गर्नू

प्रकाशित: १ कार्तिक २०७७ १०:०७ शनिबार

चीन-भारत