अन्तर्राष्ट्रिय

यो वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमलाई

यो वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमले पाएको छ। नोबेल पुरस्कार समितिले विश्व खाद्य कार्यक्रमलाई उक्त पुरस्कार दिने घोषणा गरेको हो।  

भोकमरीविरुद्धको अभियानका लागि उक्त संस्थालाई नोबेल शान्ति पुरस्कार दिइएको हो। विश्व खाद्य कार्यक्रमले भोकमरीलाई युद्धको हतियारको रुपमा प्रयोगहुनबाट बचाउन योगदान गरेको समितिले जनाएको छ।

 

प्रकाशित: २३ आश्विन २०७७ ०९:१३ शुक्रबार

नोबेल पुरस्कार