अन्तर्राष्ट्रिय

भारतमा अयोध्यापछि मथुराको विवाद, कृष्ण जन्मभूमि माग गर्दै मुद्दा

हालै मात्र राम जन्भूमिको विवाद समाधान भएको भारतमा फेरि श्रीकृष्ण जन्मस्थानबारेको विवाद सुरु भएको छ।  

अघिल्लो वर्ष अयोध्यास्थित राम जन्मभूमिका विषयमा अदालतले फैसला सुनाएको थियो।  

भारतीय सञ्चारमाध्यमका अनुसार अहिले मथुरास्थित श्रीकृष्ण जन्मस्थानको १३.३७ एकड जमिनको विवाद अदालतमा पुगेको हो। जग्गाको स्वामित्व माग गर्दै सिभिल जज सिनियिर डिभिजन अदालतमा निवेदन दर्ता गरिएको हो।  

द इन्डिय एक्सप्रेसका अनुसार यस मुद्दामा भगवान् श्रीकृष्णलाई वादी बनाइएको छ।  

निवेदनमा भनिएको छ : मुसलमानको सहयोगमा शाही इदगाह ट्रस्टले श्रीकृष्ण जन्मभूमि कब्जा गरेको छ र त्यस स्थानमा एक संरचना निर्माण गरिएको छ। भगवान् विष्णुको आठौं अवतार श्रीकृष्णको जन्मस्थान त्यही संरचना मुनि पर्छ।’  

विवादित स्थललाई बाल श्रीकृष्णको जन्मस्थान घोषणा गर्न माग गरिएको छ।  

प्रकाशित: ११ आश्विन २०७७ १०:२० आइतबार

भारत मथुरा अयाेध्या