अन्तर्राष्ट्रिय

भारतीय चर्चित गायक एसपी बालासुब्रमण्यमको कोरोनाबाट मृत्यु

दक्षिण भारतीय तथा हिन्दी जगतका चर्चित गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ। चेन्नईस्थित एक अस्पतालमा लामो समयदेखि उपचाररत उनको कोरोना संक्रमणबाट निधन भएको भारतीय सञ्चार माध्यले जनाएका छन्।

७४ वर्षीय उनलाई अगस्ट ५ मा कोरोना संक्रमण पुष्टि भएको थियो। अस्पतालमा भेन्टिलेटरमा उनको उपचार भइ रहेकाे थियो।

एसपी बालासुब्रमण्यमले १९८९ मा सलमान खानकाे 'मेने प्यार किया' नामक चलचित्रमा समेत गीत गाएका थिए। उनले गाएका सबै गीत हिट पनि भएको थियो।  

गायक श्रीपथी पण्डितताराध्युल्ला बालासब्रमन्यमको जन्म सन् १९४६ जुन ४ मा भएको थियो। उनलाई एसपी बाला, एसपीबी र बालु आदि नामले पनि चिनिन्थ्यो।

उनले आफ्नो ५० वर्षको चलचित्र क्षेत्रमा तेलगु, तमिल, कन्नड़, हिन्दी र मलयालम भाषामा करिब ४० हजार गीत गाएका छन्। 

प्रकाशित: ९ आश्विन २०७७ ०९:५१ शुक्रबार