अन्तर्राष्ट्रिय

अस्पतालद्वारा मृत घोषणा गरेकी कोरोना संक्रमित महिलाको फोन आएपछि...

ल्याटिन अमेरिकी मुलुक इक्वेडरमा अस्पतालले कोरोना संक्रमणका कारण मृत घोषणा गरेकी एक महिला जीवितै भएको पाइएको छ। ती महिलालाई अस्पतालले मृत घोषणा गरेको तीन हप्तामै व्यूँतिएपछि परिवारमा खुशी फर्केको छ।

कोरोना संक्रमित ७४ वर्षकी अल्बा मारुरीलाई अस्पतालले मृत घोषित गरेको भए पनि उनी जीवितै फेला परेकी हुन्। यतिसम्मकी अस्पतालले परिवारका सदस्यलाई उनको अस्तु ९खरानी० नै भनेर पठाइसकेको थियो।

तर, तीन हप्ता कोमामा रहेकी उनी एकाएक व्यूँझिइन् र आफ्नी बहिनीलाई फोन गरिदिन डाक्टरसँग आग्रह गरिन् । यस्तो थाहा पाएपछि उनको परिवारको खुशीको सीमा रहने कुरै भएन।

यता अस्पतालले पहिचानमा भूल हुँदा जीवित व्यक्तिलाई मृत घोषित गरेर आफूबाट गम्भीर गल्ती भएको भन्दै माफी मागेको छ।

प्रकाशित: २ आश्विन २०७७ १४:२९ शुक्रबार