अन्तर्राष्ट्रिय

ह्वेलले बाटो विराएर नदीमा छिरेपछि…

अष्ट्रेलियामा बाटो विराएर ह्वेल नदीमा प्रवेश गरेको छ। उक्त गोही नदिको ३० किलोमिटर टाढासम्म पुगेको छ।ह्वेलहरुको बसाइँसराइका क्रममा उसले बाटो विराएको हुनसक्ने अनुमान गरिएको छ।

बाटो विर्सिएका दुई ह्वेल भने फर्किएको समाचारहरुमा जनाइएको छ। अहिले ह्वेल जुन नदीमा छ त्यो स्थानमा गोहीहरु धेरै हुनेगर्छन्। त्यो अप्ठ्यारो ठाउँबाट ह्वेल फर्किन सक्छ या सक्दैन भन्ने विषयमा अहिले पर्खाइ छ।  

ह्वेल फर्किन नसकेर तटमा आएमा गोहीको खतरा हुन सक्छ। अधिकारीहरुले उक्त ह्वेललाई उचालेर बाटो देखाउन उसको वजनका कारण सम्भव नुहने बताएका छन्।

ढुंगा चलाइरहेका मानिसहरुले अस्ट्रेलियाको सबैभन्दा ठूलो निकुञ्ज काकाडुमा ह्वेललाई देखेका थिए। ति ह्वेलहरु अन्टार्कटिका तर्फ गइरहेको र बाटोमा छलिएको हुन सक्ने अनुमान गरिएको छ। अन्टार्टिकाबाट चिसो छल्न र बच्चा जन्माउन ह्वेलहरु अष्ट्रेलिया तर्फ आउने गर्छन्। अहिले ह्वेललाई फर्किन सजिलो होस् भनेर नदीमा ढुंगा चलाउन रोक लगाइएको छ।

 

 

 

प्रकाशित: ३१ भाद्र २०७७ ०६:४६ बुधबार

ह्वेल