अन्तर्राष्ट्रिय

यसरी भिडेका रहेछन् भारत र चीनका सैनिक (भिडियो)

भारत र चीनका सेनाबीच सीमा क्षेत्र पूर्वी लद्दाखमा तनाव बढिरहेका बेला उनीहरू आपसमा भिडिरहेको भिडियो सार्वजनिक भएको छ।  

सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त भिडियोमा एउटा नदी किनारमा दुई देशका सैनिक आपसमा कुटाकुट गरिरहेका छन्।  

भिडियोमा चिनियाँ सैनिकले लाठी बोकेको तथा भारतीय सैनिकले पिठ्युँमा बन्दुक पनि भिरेको देखिन्छ। अनि आपसमा गन्जागोल तरिकाले भिडिरहेको देखिन्छ।  

तर त्यो झडप गत जुन १५ भन्दा पहिलेकै भएको चिनियाँ सैन्य स्रोतलाई उधृत गर्दै साउथ चाइना मर्निङ पोस्टले लेखेको छ।  

जुन १५ तारिख लद्दाखको गलवानमा दुई देशका सैनिकबीच हिंसात्मक झडप हुँदा भारततर्फ २० जनाको मृत्यु भएको थियो। तर चीनतर्फ के कति हताहती भए अहिलेसम्म औपचारिक जानकारी दिइएको छैन।

उक्त झडपपछि दुई देशका सैनिकबीच पटकपटक वार्ता भई सीमामा शान्ति कायम गर्ने सहमति भएको थियो। तर त्यसयता पनि हालै दुई पटक उनीहरूबीच भिडन्त भइसकेको छ। तर घटनामा हताहतीबारे कुनै जानकारी बाहिर आएको छैन।  

भिडियो हेर्न तलको लिंक खोल्नुहोला-

https://www.youtube.com/watch?time_continue=2&v=TYUi8KFufVw&feature=emb_title

प्रकाशित: २५ भाद्र २०७७ ०८:३० बिहीबार

भारत-चीन सीमा विवाद