अन्तर्राष्ट्रिय

भारत-चीन सीमामा तनावकाबीच, विदेशमन्त्री जयशंकर र समकक्षी वांगबीच भेटवार्ता हुँदै

फाइल तस्वीर

लद्दाखमा जारी सीमाविवादकाबीच भारतीय विदेशमन्त्री एस जयशंकर र चीनीया समकक्षी वांग ही बीच भेटवार्ता हुने भएको छ। रूसको राजधानी मस्कोमा भारतीय विदेश मंत्री जयशंकर र चीनीया समकक्षी वांगबीच छलफल हुन लागेको हो।  

सीमा विवादका बारेमा भारतीय समयअनुसार आज साझ  ६ बजे वार्ता हुने तय भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ।  

भारत र चीनबीच सीमामा चलिरहेको विवादकाबीच शंघाई सहयोग संगठन (एससीओ) का विदेश मंत्रिस्तरीय बैठकमा सहभागिता जनाउन दुवै देशका विदेशमन्त्री रुसमा छन्। तर, दुवै देशका सीमा विवादको बारेमा भने एससीओको बैठक भन्दा पहिलेनै छलफल हुँदैछ।  

भारतका विदेशमंत्री जयशंकरले बुधबारमात्रै रूसी समकक्षी सर्गेई लावरोवसंग पनि लद्दाखमा जारी सीमा विवादका बारेमा छलफल गरेका थिए।    

यसअघि केहीदिन पहिले भारतीय रक्षामंत्री राजनाथ सिंह र चीनीया रक्षा मंत्री वेई फेंगहीबीच पनि मस्कामानै भेटवार्ता भएको थियो। बैठक २ घण्टाभन्दा धेरै समय चलेपनि विना निस्कर्ष टुंगिएको थियो।  

दुवै देशले राजनितीक र सैन्यवार्ताको माध्यमबाट विवाद समाधान गर्न पटक पटक वार्ता र छलफल जारी राखे पनि समाधान भने निस्केको छैन्।

केही महिनाअघि विवादित क्षेत्र पूर्वी लद्धाखको गलवान उपत्यकामा तनाव बढेर हिंसात्मक रुपलिदा एक जना भारतीय सेनाका कर्नेलसहित २० जना भारतीय सैनिकले ज्यान गएका थिए।

प्रकाशित: २५ भाद्र २०७७ ०४:५५ बिहीबार

भारत-चीन सीमा विवाद