अन्तर्राष्ट्रिय

विश्वमा धेरै कोरोना संक्रमण फैलिने मुलुकमा भारत दोस्रो

भारत, विश्वकै दोस्रो बढी कोरोना संक्रमति भएको मुलुक बनेको छ।  

अमेरिकापछि सबैभन्दा बढी संक्रमितको संख्या भारतमा देखिएको हो। यसअघि भारतमा भन्दा ब्राजिलमा संक्रमितको संख्या धेरै थियो।  

वर्ल्डओमिटरको तथ्यांकअनुसार सोमबार बिहान ११ः४० बजेसम्म विश्वमा सबैभन्दा बढी अमेरिकामा कोरोना संक्रमणले भेटेका मानिसको संख्या ६४ लाख ६० हजार २ सय ५० पुगेको छ।  

यसपछि विश्वमै धरै संक्रमण भारतमा ४२ लाख ४ हजार ६ सय १३ जनालाई भएको छ। तेस्रोमा ब्राजिलमा अहिलेसम्म ४१ लख ३७ हजार ६ सय ६ जना कोरोनाबाट संक्रमित भएका छन्।  

यस्तै कोरोनाबाट संसारमै सबैभन्दा बढी अमेरिकामा १ लाख ९३ हजार २५० जनाको मृत्यु भएको छ। 

यसपछि सबैभन्दा बढी मृत्यु भने ब्राजिलमा भएको छ। त्यहाँ अहिलेसम्म १ लाख २६ हजार ६८७ जनाको मृत्यु भएको छ। 

यसपछि भारतमा कोरोनाका कारण ७१ हजार ६६८ जनाको ज्यान गएको वर्ल्डओमिटरले जनाएकाे छ। 

प्रकाशित: २२ भाद्र २०७७ ०६:०६ सोमबार

भारत