अन्तर्राष्ट्रिय

छानै भत्काएर ठूला दुई अजिङ्गर घरभित्र खसेपछि...

अस्ट्रेलियास्थित एक घरको छानै भत्काएर ठूला दुई अजिङ्गर कोठाभित्र पसेका छन्।  

अस्ट्रेलियाको क्विन्स्ल्यान्डस्थित डेभिड टेटको घरको छतबाट दुईवटा अजिङ्गर काेठाभित्र खसेका हुन्।  

एउटा अजिङ्गर शयनकक्ष र अर्को बैठक कोठामा खसेको टेटले जानकारी दिएका छन्।  

उनका अनुसार आफू बाहिरबाट घर आउँदा भान्सा कक्षको टेबलमा छानोको एउटा ठूलो भाग खसेको पाइएको र कारण बुझ्दा घरभित्र ठूलठूला दुइटा अजिङ्गर फेला परेका हुन्। त्यसअघि आफूले छानामाथि सर्पहरू घाम तापेर बसेको देखेको बताएका छन्।  

पोथी अजिङ्गरका लागि लडाइँ पर्दा ती दुई भाले अजिङ्गर छानाबाट घरभित्र खसेको हुन सक्ने अनुमान गरिएको छ। तर त्यहाँ पोथी अजिङ्गर नभेटिएको बताइएको छ।  

अजिङ्गर समात्ने व्यक्ति स्टिभन ब्राउनका अनुसार ती अजिङ्गर २.८ मिटर र २.५ मिटर लम्बाइका र असाधारण वजनका थिए। बिबिसीबाट

प्रकाशित: १७ भाद्र २०७७ ०९:१० बुधबार

अजिङ्गर