पछिल्लोपटक आइतबार राति सीमा क्षेत्र लद्दाखमा चिनियाँ सेनासँग भएको झडपमा पनि एक भारतीय सैनिकको निधन भएको एक अन्तर्राष्ट्रिय पत्रिकाले दाबी गरेको छ ।
भारत र चीनका सैनिकबीच प्याङगोङ क्षेत्रमा भएको भिडन्तमा भारतको विशेष सुरक्षा बलका एक सैनिक मारिएको दाबी बेलायती पत्रिका द गार्डियनले गरेको हो ।
गत जुन १५ तारिखमा पनि पूर्वी लद्दाखको गलवान उपत्यकामा दुई देशका सैनिकबीच हिंसात्मक झड प हुँदा भारततर्फ २० जना मारिएका थिए । त्यसपछि दुई देशका सैनिकबीच सीमा क्षेत्रमा कसैले अतिक्रमण नगर्ने र शान्ति स्थापना गर्ने सहमति भएको थियो ।
तर चिनियाँ सेनाले सहमति उल्लंघन गरेकाले आइतबार राति झडप हुन पुगेको भारतीय पक्षको आरोप छ । तर उसले के कति क्षति भयो भन्नेबारे अहिलेसम्म केही बताएको छैन भने चीन पक्षबाट त यसबारे कुनै जानकारी नै सार्वजनिक गरिएको छैन ।
यो पनि पढ्नुहोस्
प्रकाशित: १७ भाद्र २०७७ ०७:५९ बुधबार