अन्तर्राष्ट्रिय

भारतमा एकै परिवारका ५ जनालाई उनीहरूकै घरभित्र झुन्ड्याएर हत्या

प्रतिकात्मक तस्बिर

भारतको मध्यप्रदेशस्थित एक घरका पाँच जना आफ्नै घरभित्र झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।  

त्यहाँको प्रहरीका अनुुसार परिवारका सबै सदस्यलाई झुण्ड्याइएको भन्ने सूचना पाएपछि जाँदा झुन्ड्याएर हत्या गरिएको अवस्थामा उनीहरू फेला परेका हुन् ।  

आइतबार राति घटना भएको प्रहरीले जनाएको छ । पोस्टमार्टका लागि सबै शव पठाइएको प्रहरीले जानकारी दिएको छ ।  

उनीहरू एकै घरका सदस्य रहेको जानकारी छिमेकीले दिएका छन् । तर हत्या कसले र के कारण गरेको हो भन्नेबारे केही खुल्न सकेको छैन ।  

भारतीय प्रहरीका अनुसार ‘फोरेन्सिक साइन्स ल्याब’का अधिकारीहरूको सहयोगमा घटना अनुसन्धान भइरेहकाले त्यसपछि मात्रै वास्तविक पत्ता लाग्ने छ।  

भारतीय राज्य मध्यप्रदेशको टीकामगर जिल्लामा घटना भएको बताइएको छ। आइतबार राति घरका सबै जना सदस्यलाई झुण्ड्याएर हत्या गरिएको भने पुष्टि भएको टीकामगरका एसपी प्रशान्त खरेले यहाँका स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिएका छन्।  

वैज्ञानिक रूपमा घटनाको अनुसन्धान गर्ने र सबै तथ्य अनुसन्धानपछि पत्ता लाग्ने उनले बताएका छन् ।  एएनआई)

प्रकाशित: ८ भाद्र २०७७ १४:३२ सोमबार

भारत परिवार हत्या